Google Pixel Watch एपका सहायताले Android ८.० र सोभन्दा माथिका संस्करण चल्ने डिभाइसबाटै आफ्नो Google Pixel Watch सेटअप र व्यवस्थापन गर्नुहोस्। तपाईं आफ्ना वाचफेस कस्टमाइज गर्ने, Google सहायक र Google Wallet सेटअप गर्ने, सूचनाहरू व्यवस्थापन गर्नेलगायतका अन्य कार्यहरू सजिलैसँग गर्न सक्नुहुन्छ।
तपाईं Google Pixel Watch एप प्रयोग गरेर निम्नलगायतका कार्यहरू गर्न सक्नुहुन्छ:
• वाचफेसहरू कस्टमाइज गर्न
• टाइलहरू मिलाउन
• अलर्ट र सूचनाहरू कस्टमाइज गर्न
• Google एप र खाताहरू व्यवस्थापन गर्न
• एपहरू इन्स्टल र व्यवस्थापन गर्न
• मोबाइलको सेवा प्रदायक सेटअप गर्न (यो सुविधा निश्चित देश तथा सेवा प्रदायकहरूका हकमा मात्र उपलब्ध छ)। यो जानकारी g.co/pixelwatch/networkinfo मा उपलब्ध छ
• गोपनीयतासम्बन्धी सेटिङ मिलाउन
Google Pixel Watch निम्न देशहरूमा मात्र उपलब्ध छ: संयुक्त राज्य अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, आयरल्यान्ड, ताइवान
मा अपडेट गरिएको
२०२४ सेप्टेम्बर १७